Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङमा पहिलो पटक ड्रागन खेति गरेका कृषककोले बेचे पहिलो खेपमा एक सय ५० केजी फ्रुट ।

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार

साउन २८, बागलुङ । पहिलोपटक बागलुङमा बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका थिए । बागलुङमा व्यावसायिक खेती थालेको एक वर्षमै ड्रागन फ्रुटले उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन सुरु भएको छ ।  

बागलुङ नगरपालिका–१ रामरेखाका उनले बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका पहिलो चरणमा यसको फल उत्पादन गरी रु एक लाखमा  एक सय ५० केजी फ्रुट बिक्रीसमेत गरिसकेको बताएका छन ।

आचार्यले रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेका हुन। एक वर्षमै उत्पादन दिन थालेपछि आफू दङ्ग परेको उनले जनाएका छन । जिल्लामै उनी ठूलो क्षेत्रफलमा ड्रागन खेती गर्ने पहिलो कृषक हुन् । आचार्यले भने “छ रोपनी जग्गामा गरिएको उक्त खेतीबाट अहिले उत्पादन सुरु भइरहेको छ, पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट बिक्री भइसकेको छ, दोस्रो चरणमा अझ धेरै उत्पादन हुन्छ, माग अत्यधिक भएकाले फार्मबाटै फ्रुट बिक्री भइरहेको छ ।”  उनका अनुसार उनले लगाएको ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो । प्रतिकेजी रु पाँच सयका दरले आचार्यले अहिले ड्रागन फ्रुट बिक्री गरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप