Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि, मकै छाडेर कफी खेती तर्फ आकर्षित हुँदै किसानहरु

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, धुलिखेल । महाभारत गाउँपालिका५ का किसानहरुले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भइसकेको छ । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि त्याहाँका किसानले मकै छाडेर कफी खेतीमा सुरु गरेका हुन । 

यसअघि मकै खेतीको भरमा रहेका किसानले तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर कफी खेती सुरु गरेका थिए । हाल नयाँ बोटहरु रोप्ने तयारीमा किसानका बारीभरि खाल्डो बनाएका छन् ।

प्रति किसान यो वर्ष मात्रै चार सय किलो फलेको उनिहरुले बताएका छन । काँचो कफी प्रतिकिलो एक सय ३० र सफा गरेर सुकाएपछि आठ सय ३० सम्ममा विक्री गरको कृषकले बताएका छन । 

यो क्षेत्रका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जिविकोपार्जनमा टेवा पुगेको उनिहरु बताउँछन् ।

मकै खाद्यान्नका रुपमा मात्रै रहेको र कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको अधिकांशले बताएका छन ।  

स्थानीय सरकारले सिंचाइको व्यवस्था गरिदिए अझ उत्पादन वृद्धि गर्न सकिने कृषकको भनाइ रहेको छ ।

  • न्युज बहार संवाददाता

थप