असोज १९, काठमाडौँ । तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
उनले आज शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै नेपाल प्रहरीसँग सिसि टिभीका लागि र नेपाल विद्युत प्राधिकरणसँग सडक बत्तीका लागि सम्झौता भइ काम अघि बढेको बताएकी हुन ।
उनले एक अर्बको टेण्डर धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले अघि बढाएको पनि बताएकी छन ।
- न्युज बहार संवाददाता