मंसिर ३, गण्डकी । साइकल सिटी भैरहवा’को टोली ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ ।
तिहारको
भाइटिकाको भोलिपल्ट हरेक वर्ष साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटन
र स्थानीय उत्पादनको प्रचारप्रसार गर्दै आएको टोली यसपटक पोखरा आइपुगेको हो ।
कात्तिक
३० गतेदेखि १४ सदस्यीय टोली यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी
पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ रूपन्देही सिद्धार्थनगरबाट साइकल
यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिएका
हुन ।
उनले उक्त
टोली साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी
होमस्टे हुँदै पोखरा आइपुगेको बताए ।
साइकल
यात्राका माध्यमबाट विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले नेपालको
पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी
डिल्लीराज पाण्डेले बताए ।
यसअघि टोलीले
अर्घाखाँचीको सुपादेउराली, पाल्पाको
व्यास नगरपालिकाको मानुङकोट, रानीमहलमा पनि साइकलबाटै यात्रा गरिसकेको छन ।
- न्युज बहार संवाददाता