मंसिर
२८, म्याग्दी । म्याग्दी जिल्लाका उच्च पहाडी र तल्लो क्षेत्रमा मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर
राताम्यै हुने गरेको थियो । चैत बैशाखमा लालिगुराँस फुलेर राताम्मै भएजसरी मंसिर
पुसको समयमा पाखैभरी रातो लालुपाते फुलेर जंगल नै रातो भएको देख्न सकिन्थ्यो । यसरी
पाखैभरी लालुपाते फुलेको दृश्य प्रकृतिक रुपमा मनमोहक हुने गर्दथ्यो तर केही वर्षयता
यस क्षेत्रमा लालुपाते फुल्न छाडेको छ ।
स्थानीयहरुका
अनुसार जलवायु परिवर्तनका कारण लालुपाते फुल्न छोडेको हो । जलवायु परिवर्तनका कारण
माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू लोप हुदै जान
थालेका छन् ।
हिमाली र
उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तनहरु तापक्रम वृद्धिको असरका कारण देखिन
थालेका छन । । वन र वातावरणको क्षेत्रमा काम गर्दै आउनुभएको पुष्पराज अधिकारीका
अनुसार पछिल्लो समय फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि
यस्ता समस्याहरु देखिएको हो ।
म्याग्दी
जिल्लामा तीन–चार
वर्षअघिसम्म अर्मन, बावियाचौर, ज्यामरूककोट,
बगरफाँट, भकिम्ली,
शिख, हिस्तान, मराङ, गौश्वारा
लगायत
क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । जिल्लाको माटोमा
अम्लियपनाको मात्रा बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । अम्लियपनाको
मात्रा बढ्नाले जिल्लामा लगाइने अन्य बालिमा पनि असर देखिएको छ ।
- न्युज बहार संवाददाता