Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पूरै गाउँनै व्यावसायिक तराकारी खेतीमा

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

फागुन १५, कैलाली । कैलाली जिल्लाको टीकापुर–८ वनगाउँको पूरै गाउँ यतिबेला तरकारीखेतीमा लागेको छ । यस गाउँका अधिकांशले सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन गरेका थिए तर अहिले सबै किसानहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन । कृषका अनुसार तरकारीले बजार पाउन थालेपछि गाउँका सबै व्यावसायिक तरकारी खेतीमा लागेको हुन । अहिले उक्त गाउँ सबै तरकारीखेतीमा लागेको छ । स्थानीयका अनुसार थोरै धेरैको कुरा हो तर गाउँका सबैजसो तरकारी खेतीमै लागेका छन् ।

गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी तरकारी खेतीमा लागेका छन । अहिले गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भइरहेको छ । तर ति मध्ये टमाटर र गोभीले भने खासै मूल्य नपाएको किसानले गुनासो गरेका छन । अहिले टमाटर प्रतिकिलो रु १०, काउली रु २० र खुर्सानी रु ७० रपैयाँ थोक मूल्यमा बिक्री हुने गरेको छ ।

सुरुमा खुर्सानीले मूल्य पाएको थिएन तर अहिले राम्रो मूल्य पाएको छ । तरकारीमा राम्रो आम्दानी हुनको लागि अरुको उत्पादनभन्दा केही समय पहिला वा केही समय पछी उत्पादन हुनुपर्छ । काउली र टमाटर सबैको सँगै उत्पादन भएकोले खासै मूल्य पाउन नसकेको कृषकहरु बताउँछन । तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पनि पाएका छन ।”
मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीको मूल्य बढि आउने बुझेपछी बुझेपछि याहाका किसानहरु बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् ।

  • न्युज बहार संवाददाता

थप