साउन ३, स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका- ६ टिकाजा घर भएका । दुई दाजुभाइ मिलेर व्यावसायिक काँक्रो खेती सुरु गरेका छन् । स्याङ्जा घर भई हाल पोखरा बस्दै आएका दीपेन्द्र पौडेल र सन्तोष पौडेलले पोखराको फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रो खेती सुरू गरेका हुन् ।
व्यवसायी सन्तोष पौडेलका अनुसार ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर उनिहरुले व्यवसाय थालेको हुन । संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागिरलाई चटक्कै छाडेर सन्तोष कृषिबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै व्यावसायिक रूपमा कृषिखेतीमा लागेका हुन । उनले भने ‘यसपटक नौ रोपनी जमिन सबैमा काँक्रा मात्रै लगाएका छौं, काँक्रोले उत्पादन दिन सुरू भइसकेको छ।’
यसरी दाजुभाइले उत्पादन गरेको काँक्रा अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ । स्थानीय व्यापारीहरू काँक्रो खरिदका लागि खेतमै पुग्ने गरेका छन । उत्पादित काँक्रो बिक्री भइरहेकाले अन्यत्र लैजान नपरेको उनीहरुले बताएका छन ।