असोज १७,
काठमाडौँ । आज विश्व पशु दिवस जनावरको संरक्षणको बारेमा सचेतना जगाउने कार्यक्रम
गरी मनाइँदैछ । नेपालमा विभिन्न पशु र जनावरहरुको फरक महत्व रहेको छ । याहाँ हरेक जनावरहरुलाई
विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन रहेको छ ।
नेपालीको
महान चाड मानिने तिहारमा त झन विशेष गरी पशुको महत्व बढी रहेको छ । तिहारमा कुकुर, काग, गोरु र गाईलाई देवताको प्रतीक मानेर
पुज्ने चलन रहेको छ ।
हिन्दू धर्म अनुसार गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ । नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको गाईलाई विशष मानिन्छ ।
जनावरको योगदान पर्यावरण संरक्षणमा मात्र नभएर वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि महत्वपूर्ण रहन्छ । जनावरलाई अझ विशेष महत्व पूर्वीय सभ्यतामा दिएको पाइन्छ ।