Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकारयाम सुरु

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, गलकोट । ढोरपाटन सिकार आरक्ष नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र हो । यस आरक्ष क्षेत्रमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि चार झारल र आठ नाउरको सिकार गर्न अनुमति दिएको छ । यस्तै आठ बँदेलका लागी पनि सिकार आरक्षले सिकार खेल्न अनुमति प्रदान गरेको हो ।

यस वर्षको पहिलो सिकारयाम सुरु भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले बताएका छन ।

अनुमति पाएका सिकारीले झारल, नाउर र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको थापामगरले बताए । 

  • न्युज बहार संवाददाता

थप