असार २१,
काठमाडौँ । धानको समर्थन मूल्य सरकारले तोकेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिहीबार
बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो ।
मन्त्रिपरिषद्को
बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ रुपैयाँ तोकेको छ ।
बैठकपछि
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मध्यम धानको रु ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी
दिइकी हुन ।
- न्युज बहार संवाददाता