Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बृहत् छैटौँ कृषी राष्ट्रिय सम्मेलन ललितपुरमा हुने

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । आगामी बुधबार अर्थात चैत १४ गते सास - नेपाली कृषि वैज्ञानिकहरूको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट नेपालको बृहत् छैटौँ राष्ट्रिय सम्मेलन हुन भएको छ । सम्मेलनसँगै सासको आठौँ साधारण सभा पनि हुने भएको छ । उक्त राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभा ललितपुरमा हुन लागेको हो । 

यस वर्ष सास सम्मेलनको नारा कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणालीभन्ने रहेको छ । यो सम्मेलनमा करिब पाँच सय जनाको उपस्थिति रहने आकलन गरिएको छ ।

यस सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो सम्मेलनले वैज्ञानिकको नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने बताएका छन । 

  • न्युज बहार संवाददाता

थप