Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

बृहत् छैटौँ कृषी राष्ट्रिय सम्मेलन ललितपुरमा हुने

  •   ४ महिना अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । आगामी बुधबार अर्थात चैत १४ गते सास - नेपाली कृषि वैज्ञानिकहरूको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट नेपालको बृहत् छैटौँ राष्ट्रिय सम्मेलन हुन भएको छ । सम्मेलनसँगै सासको आठौँ साधारण सभा पनि हुने भएको छ । उक्त राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभा ललितपुरमा हुन लागेको हो । 

यस वर्ष सास सम्मेलनको नारा कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणालीभन्ने रहेको छ । यो सम्मेलनमा करिब पाँच सय जनाको उपस्थिति रहने आकलन गरिएको छ ।

यस सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो सम्मेलनले वैज्ञानिकको नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने बताएका छन । 

  • न्युज बहार संवाददाता

थप