फागुन २७, काठमाडौं । प्रतिबोरा ९ सय रुपैयाँले मैदाको भाउ सस्तिएको
छ। नेपाल खुद्रा व्यापार संघले रुस-युक्रेन युद्धका कारण देखाउँदै बढेको मैदाको
भाउमा सुधार हुँदै गएको जनाएको छ । केही महिना अघि ५० किलो मैदाको मुल्य ४
हजार ६ सय रुपैयाँ पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको संघले
बताएको छ। गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको संघका सहकोषाध्यक्ष ध्रुब
अधिकारीले जानकारी दिएका छन।
अधिकारीले भने, ‘अहिले ५० किलोको मैदाको बोराको बजार
मूल्य ३ हजार ७ सयमा झरेको छ, झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा आएको
छ।’ भारतले नेपाललाई
गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले बताएको छ।
- न्युज बहार संवाददाता