Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्डाको मुल्य बढ्यो

  •   १ वर्ष अघि | १७ जेष्ठ २०८२, शुक्रबार

जेठ १६, काठमाडौँ । भोलि जेठ १७ गते शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ बढेको छ ।

चितवनबाट लोड भएर देशभरि जाने अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको जानकारी नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले दिएका छन।

नयाँ मुल्य अनुसार अब एक्सएल अन्डाको भाउ प्रतिक्रेट ४ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ कायम गरिएको छ । यसअघि एक्सएल अन्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ र ठुलो अन्डा प्रतिक्रेट ४ सय ५० रुपैयाँ थियो ।

त्यस्तै मिडियम अन्डाको भाउ भने प्रतिक्रेट १० रुपैयाँले बढेर २ सय ३५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि क्रेटको २ सय २५ रुपैयाँ थियो ।

  • न्युज बहार संवाददाता

थप