Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालका राज अधिकारीले खिचेको फोटो ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा दोस्रो हुन सफल

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । नेपालका राज अधिकारीले खिचेको फोटो संयुक्त राष्ट्र सङ्घ अन्तर्गत खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा दोस्रो स्थानमा पर्न सफल भएको छ । दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिज भने पहिलो भएका छन ।

नेपालमा कोदो संरक्षणमा महिलाको भूमिका सम्बन्धी तस्बिर विश्वका ५८ देशबाट पठाइएका झन्डै ८०० तस्बिरहरूमध्ये दोस्रो स्थानमा पर्न सफल भएको हो । 

फोटोग्राफर राज अधिकारी बर्दघाट, नवलपरासी निवासी हुन । उनले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालको कोदो काट्दै गरेको फोटो खिचेर सोही फोटो मार्फत प्रतियोगितामा सहभागी भएका थिए ।

विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफर अधिकारी फोटोग्राफी क्षेत्रमा लागिरहेका छन् । 

  • न्युज बहार संवाददाता

थप