Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक केराखेती गर्ने किसानहरूको संख्या उल्लेखनीय रूपमा बढ्दो

  •   १ वर्ष अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । पछिल्ला वर्षहरूमा दाङ जिल्लामा व्यावसायिक केराखेती गर्ने किसानहरूको संख्या उल्लेखनीय रूपमा बढ्दो छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको थियो, जसबाट ९,९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जनाएका छन ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष १५० हेक्टरले केराखेतीको क्षेत्रफल बढेको छ। २०८०/८१ मा ६७० हेक्टर क्षेत्रफलमा मात्र केराखेती गरिएको थियो।

भण्डारीका अनुसार, दाङ जिल्लाको उत्पादनले स्थानीय बजारको झण्डै ७० प्रतिशत माग पूर्ति गर्न सफल भए पनि चाडपर्वको समयमा भने अन्य जिल्लाबाट केरा आयात गर्नुपर्ने अवस्था अझै बाँकी छ।

उनले भने, ‘जिल्लामा व्यावसायिक केराखेती तीव्र रूपमा बढिरहेको छ, उत्पादनमा समेत बृद्धि देखिएको छ, जसले आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको संकेत गर्छ।’

यद्यपि, रोपिएका सबै केराका बिरुवाबाट उत्पादन नआएकाले अहिले पनि केही हदसम्म बाहिरी आपूर्तिमा निर्भर रहनु परिरहेको छ।

जिल्लाका राप्ती, शान्तिनगर, गढवा गाउँपालिका, साथै घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक केराखेती हुँदै आएको छ। केही किसान र व्यवसायीले ठूलो लगानीसहित यस क्षेत्रलाई रोजगारी र आम्दानीको माध्यमका रूपमा अगाडि बढाएका छन्।

  • न्युज बहार संवाददाता

थप