Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किसानका गोठमै पुगेर नगरपलिकाले निःशुल्क खोप अभियान सञ्चालन गर्दै

  •   २ वर्ष अघि | ९ बैशाख २०८१, आइतवार

बैशाख ९, काभ्रेपलाञ्चोक । आजदेखि किसानका गोठमै  पुगेर पनौती नगरपालिकाले निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गर्मी बढेसँगै पशुमा विभिन्न रोग देखापर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसकै पूर्वतयारीस्वरुप खोप अभियान सञ्चालन सुरु गरेको हो ।

नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाका अनुसार गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप पनौती नगरले निःशुल्क लगाउने छ।

डेढ महिना अभियानको रूपमा पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।

यो अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप