Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गर्ने ।

पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा सहमति ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, काठमाडौँ । ७ अर्ब ५० करोड रुपैयाँको स्रोत अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सुनिश्चित गरेको छ । 

अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा सहमति जनाएको छ । 

२ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि स्रोत सुनिश्चित गरिएको छ भने विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ भने दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।

चालु आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । त्यस पछी रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको माग अनुसार पुन: थप स्रोतको व्यवस्था गरिएको हो । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी पाँच दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउनुहुँदै अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह  गरेका थिए ।

थप