साउन ४, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालअहिले भारत भ्रमणमा रहेका छन। तीन दिने भारत भ्रमणमा रहेका भुसालले ले त्यहाँका समकक्षीसँग भेटवार्ता गरेका छन् ।
बुधबार भारतका कृषि एवम् किसान कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्स्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासँग नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले भेटघाट गरेका हुन् ।
मन्त्रीका प्रेस संयोजक दीपक अनुरागीले दुवै मन्त्रीसँग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यातदेखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत विषयमा महत्त्वपूर्ण निर्णयहरु भएको बताएका छन ।
यसै सन्दर्भमा भारतीय कृषिमन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट भारत तर्फ टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।
त्यसपछी मन्त्री भुसालले आफ्नो देशमा उत्पादन भएका एभोगाडो, ड्रायगन र किवी लगायतका अन्य फलफूल पनि निर्यात गर्न नेपाल आतुर रहेको बताएका थिए ।
यस्तै पशुपालनमन्त्री रुपालासंगको भेटमा मन्त्री भुसालले लम्पी स्किन रोगको भाइरस सिड उपलब्ध गराउन आग्रह गरे । यसको जवाफमा भारतीय मन्त्रीले भारतसँग सिमा जोडिएका नेपालका जिल्लाहरुमा लम्पी स्किनको निःशुल्क भ्यासिनेसन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
- न्युज बहार संवाददाता