साउन १८, ललितपुर । ललितपुरमा पनि ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने र फैलिने हुँदा ललितपुरमा पनि यसको सङ्क्रमण बढ्दै गएको हो ।
ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भइसकेका छन भने सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरेका छन् र हाल सङ्क्रमण बढ्दो क्रममा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा निशा तिमिल्सिनाले बताइन ।
डा निशाले भनिन्, “उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पगेको छ, गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ ।”
त्यसैगरी उनले उपत्यकाभरका १७ हजार नौ सय ८८ गाईभैँसीलाई खोप लगाइसकेको जानकारी दिएकी छिन ।
- न्युज बहार संवाददाता