जेठ १५, काठमाडौँ । सरकारले दुई वर्षभित्र राष्ट्रलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
तराई र
भित्री मधेषका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सार्दै सरकारले
देशलाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको हो।
सरकारले यसबाट
थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा रहेको छ।
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै र्दै
अर्थमन्त्री विष्णु पौडेलले चैते धान खेतीका लागि सिँचाई पूर्वाधार विकास गर्न
सरकारले ३३ करोड रूपैयाँ बजेट बिनियोजन गरेको उल्लेख गरेका छन।
- न्युज बहार संवाददाता