चैत १५, झापा
। यस सिजनको चियाको पहिलो टिपाई इलामबाट सुरु भएको छ । इलाम जिल्लाको तल्लो
क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु हुन
बाँकी रहेको छ ।
चिया
कृषकका अनुसार बिगत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको हो ।
चियाको पहिलो टिपाइलाई ‘फस्ट
प्लग’ भन्ने
गरिन्छ । यस यामको चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा
लिइन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा
बिक्री हुने गरेको छ ।
चैतदेखि जिल्लाका
तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न
क्षेत्रमा चियाको टिपाइ सुरु हुन्छ । इलाम बजार क्षेत्र र केही माथिल्लो स्थानमा
भने भर्खरै चिया पलाउन सुरु भएको छ । माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा सन्दकपुर
गाउँपालिकाको सुलुबुङ लगायतमा चियाको बोटमा मुना पलाउन थालेका
छन् ।
- न्युज बहार संवाददाता