चैत १४, दाङ। देशभरिका विभिन्न स्थानहरुमा अहिले आँप लगायत अन्य फलफुलको फुल फुल्ने समय हो।
देशका अधिकांश स्थानमा अहिले आँप
फुलेर झपक्कै भएको मनमोहक दृश्य देख्न सकिन्छ। यस्तै यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप
फुलेको देख्न सकिन्छ। फूलले आँपको रुख नै ढाकेको छ। यसले किसानमा छुट्टै कालको खुसी
ल्याएको छ।
तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने
‘अहिलेसम्म
हामीले यसरी आँप फुलेको देखेका थिएनौँ, यसले हामीलाई खुसी बनाएको छ। हेर्दा
पनि मनमोहक देखिएको छ।’
यता तुलसीपुर–९ निवासी दिवेश केसीले भने आँप धेरै
फुले पनि यसलाई जोगाउन चुनौती रहेको बताएका छन । उनले भने ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो कि
भन्ने चिन्ता छ, आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने
पनि चिन्ता छ।’
आँप उत्पादनका लागि दाङको
मानपुर, पवननगर र बिजौरी क्षेत्र उत्तम क्षेत्र मानिन्छ।
- न्युज बहार संवाददाता