असार ५, तनहुँ । तनहुँ जिल्लाको सरकारी निकायले अनुदानको नीतिलाई प्रथमिकताका साथ अगाडि सारेका छन् । जिल्लाका सरकारी निकायले कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित अनुदानको नीतिलाई प्राथमिकता दिइएको जनाएका छन।
तनहुँ जिल्लाको कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिका लगायतले कृषकहरुलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको बताए ।
केन्द्रले म्याग्दे–४ का कृषकलाई ९० प्रतिशतसम्म अनुदानमा मौरीसहितको घार वितरण गरेको छ जनाएको छ । म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहमा आबद्ध रहेका कृषकहरुलाई ४६ मौरी घार वितरण गरिएको केन्द्रले जनाइएको छ ।
- न्युज बहार संवाददाता