Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किसानलाई ‘मनकामना ३’ र ‘रामपुर कम्पोजिट’ जातका उन्नत जातको मकैको बीउ अनुदानमा

  •   ३ वर्ष अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, चितवन । किसानलाई चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । अनुदानमा उन्नत जातको ‘मनकामना ३’   र ‘रामपुर कम्पोजिट’ जातको मकैको बीउ गाउँपालिकाले उपलब्ध गराएको हो ।  

६० प्रतिशत  अनुदानमा  मकैको बीउ उपलब्ध गराइएको र इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त रहेको गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीले जनाएका छन ।

अहिले मकै छर्नका लागि खनजोत उनीहरूको प्रमुख दिनचर्या नै बनेको छ । त्रिपाठीका अनुसार गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको र  गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको छ । 

  • न्युज बहार संवाददाता

थप