Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विद्यार्थीहरु पढाई सँगै तरकारी खेती गर्दै कमाउँदै ।

  •   ३ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

बैशाख ३०, कञ्चनपुर । कञ्चनपुर  जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् ।

विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी विषय पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्ने गर्छन ।

विद्यार्थीहरुले जैविक मल र जैविक विषादीको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन्  भने विद्यार्थीले उत्पादन गरेको तरकारी बारीबाटै बिक्री हुने गरेको छ । यसरी जैविक विधिबाट उत्पादन गरिने तरकारीको माग क्रमश बढ्दो छ ।

“विद्यालयमा पढ्ने कार्यसँगै, पकेट खर्च पनि पाउन थालेपछि पढाइ गर्न उत्साहित भएका छौँ”, विद्यालयमा पढ्ने कार्यसँगै प्रयोगात्मक कक्षामा सहभागी भई तरकारी खेती गर्दै आएको विद्यालयका आइएस्सी एजीका विद्यार्थी रोहित बोहराले बताएका छन।

विद्यार्थीलाई विद्यालयले ८० प्रतिशत प्रयोगात्मक कक्षामा सहभागी गराउने र २० प्रतिशत सैद्धान्तिक ज्ञान (पाठयपुस्तक) मा सहभागी गराउने गरेको छ ।

विद्यार्थीहरुले विद्यालयको खाली जग्गामा अहिले काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानी, तितेकरेला, लौका, भेँडेखुर्सानी जस्ता मौसमी  तरकारी रोपेका छन् भने तरकारीहरुमा फुल चिचिला लटरम्मै देख्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप