पुस २१, कर्णाली
। चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे कर्णालीमा प्रदेशस्तरीय छलफल भएको
छ । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा राष्ट्रिय
चिया तथा कफी विकास बोर्डले शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल सम्पन्न गरेको हो ।
अन्तक्र्रिया
कार्यक्रममा कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको कर्णाली प्रदेशका
भूमि व्यवस्था, कृषि तथा
सहकारीमन्त्री भीमप्रकाश शर्माले बताएका छन । उनले कार्णाली प्रदेशमा राष्ट्रिय
चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना नगरिएकामा गुनासो समेत गरेका छन
। शर्माले भने “आर्थिक
हिसाबले चिया र कफी खेती व्यावसायिकरुपमा हुन जरुरी छ।” खेती प्रवद्र्धनका लागि
प्राविधिक जनशक्ति उपलब्ध गराउन विकास बोर्डसँग मन्त्री शर्माले अनुरोध पनि गरेका
छन ।
छलफलको क्रममा सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया
तथा कफी खेतीका लागि उपयुक्त रहेका चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका
प्रमुख सिपी बस्नेतले उल्लेख गरे ।
चिया तथा कफी खेतीसम्बन्धीको
कुनै पनि ज्ञान, सीप र
जनशक्ति नहुँदा किसानको उत्पादनलाई खेर जान नदिन आफूहरुले खरिद गरेको सिद्धार्थ
बहुउद्देश्यीय सहकारीका सचिव तुलारम सिंजालीले बताएका छन ।
कर्णालीमा
चिया र कफीको अत्यन्त सम्भावना रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका
कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए । उनका अनुसार चिया तथा कफीको
खेतीमा जोड दिन सबै स्थानीय तहको लाग्नु पर्ने र यसमा प्रदेश तथा सङ्घीय सरकारको
समन्वय एवं सहयोग पनि जरुरी रहेको छ ।
- न्युज बहार संवाददाता