चैत २, काठमाडौँ । हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिने वाली हो सुर्यमुखी । तर विचार गर्नु पर्ने कुरा भनेको यसको वीउ रोप्ने उपयुक्त समयको हो । सुर्यमुखीको बर्षे खेतीका लागि जेठको तेस्रो-चौथो हप्ता रोप्नु पर्दछ । त्यस्तै बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता पनि बिस्तारै बढ्दै गएको छ ।
सुर्यमुखी वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल
पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा
मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । यसको तेल हल्का पहेंलो,वासना आउने खालको हुन्छ । यसको
तेल सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ ।
सुर्यमुखी उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै उपयुक्त हुन्छ । सुर्यमुखीको राम्रो खेतीका लागि तापक्रम २०–३५ डिग्री सेन्टिग्रड हुनु पर्दछ । दोमट माटो यसका लागि उत्तम मानिन्छ । यसको बालीमा माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ भने माटोमा पानी जम्नु राम्रो हुँदैन ।
- न्युज बहार संवाददाता