Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दिउँसै गोली चल्यो सप्तरीमा ।

दिउँसै गोली चल्यो सप्तरीमा ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौँ । हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार अपरान्ह करिब ४ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन। 

एसपीका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो। 

गाईवस्तुहरू कोशी पारी हराउन थालेपछि स्थानीयले भारतबाट एक जना पुरूषलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो। 

भारतीय पक्षले आफ्ना मान्छेलाई समातेर लगेको भनेर समूहमा आई गोली चलाएको कार्कीले बताए। 

जावेदलाई फिर्ता लग्ने क्रममा उक्त समूहले केही राउन्ड गोली फायर गरेको उनले बताए। 

‘सामान्य चोट लागेको छ। घरमै बस्छु भन्नुभएको छ,’ गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ। 

उनले भने। प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टबाट घटनास्थल टाढा भएको पनि उनले बताएका छन। 

 

थप