पुस १८, इलाम
। गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान इलामको रोङ गाउँपालिकामा चलिरहेको छ
। पालिकाले सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन
विभिन्न प्रयास गरिरहेको छ ।
एक सय ५०
घारमा रोङ वडा नं ६ का दावा स्याङ्बोले मौरीपालन गरेका छन् । उनले करिब ४० वटाका
दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका २०७६ सालबाट आधुनिक
मौरीपालन गर्दै आएको हुन । उनका अनुसार मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र
घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ र मह बिक्री गर्न समस्या पनि
हुँदैन। घरमै व्यापारीहरु आइपुग्छन् । उनले प्रतिकिलो रु एक हजार पाँच सयका दरले
घरबाट नै मह बिक्री हुँदै आएको बताए । वार्षिक दुई सय ५० किलोसम्म मह उनले उत्पादन
गर्दै आएका छन् ।
गाउँपालिकानै
मह उत्पादनमा लागि परेपछि स्थानीयले यस व्यवसायतर्फ आकर्षित भएका छन । गाउँपालिकाका
अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार मौरीपालनलाई गाउँपालिकाको पहिचानका
रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको छ ।
पालिकाले
सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए दोस्रो वर्ष २० लाख
बजेट छुट्याएको थियो । किसानले उक्त बजेटमा आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने
अवसर पाएका छन । गाउँपालिकाले यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको छ भने
मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन समेत गरेको छ ।
- न्युज बहार संवाददाता