Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड रुपैयाँ बराबरको धानचामल आयात

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

जेठ ११, काठमाडौँ । ३५ अर्ब ५३ करोड रुपैयाँ बराबरको धानचामल चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म आयात भएको छ ।

भन्सार विभागका अनुसार २०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड ८० लाख १२ हजार रुपैयाँको ६९८९०५.९८ मेट्रिक टन धान चामल आयात भएको हो ।

सो परिमाणममा धान चामल आयात हुँदा ३ अर्ब२२ करोड २३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले सार्वजनिक गरेको पछिल्लो १०  महिनाको तथ्यांकले जनाएको छ ।

कुल आयात भएको धान चामलमध्ये ८१ करोड ८२ लाख ९३ हजार रुपैयाँको १८५०.७९ मेट्रिक टन धानको बीउ आयात भएको हो । यसैगरी १८ अर्ब  ९५ करोड ५२ लाख ४ हजार रुपैयाँको ४९५१३८.६१  मेट्रिक टन धान आयात भएको छ । 

  • न्युज बहार संवाददाता

थप