साउन २५,
पर्वत । किसानले फलाएको आलुको बीउ पर्वत जिल्लाको जलजला गाउँपालिकाले खरिद
गरिदिएको छ । गत आर्थिक वर्षमा आलुको मूल बीउ किसानले उत्पादन गरेकोमा उक्त आलु
पालिकाले नै खरिद गरिदिएको छ । यसले आलु
किसानलाई किसानलाई राहत मिलेको छ । पालिकाले रु १० लाख ७५ हजारभन्दा बढी मूल्यको आलुको
बीउ खरिद गरेको हो ।
उक्त
स्थानीय तहले जलजला–६
शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार चार सय ७० किलोग्राम बीउ आलु खरिद
गरेको हो ।
गाउँपालिकाको
कृषि शाखाका अधिकृत राजु गौतमका अनुसार बीउ आलु बिक्री गरेका किसानलाई रु १० लाख
७५ हजार चार सय ७० भुक्तानी गरिएको छ । प्रतिकिलो रु ३५ का दरले रु ७९ हजार चार सय
७० मा प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७०
किलोग्राम मूलबीउ खरिद गरेको छ ।
- न्युज बहार संवाददाता