Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घट्यो अण्डाको समर्थन मुल्य

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । अन्डाको नयाँ समर्थन बिक्री मूल्य नेपाल लेयर कुखुरापालक संघले निर्धारण गरेको छ । संघको बैठकले नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । चितवनलाई आधार मानेर बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्न भएको छ । 

नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ, सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ रहेको संघका सचिव मदन चिरञ्जीवी पोखरेलले जनाएका छन ।

यसअघि ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ, मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरिएको थियो । 

  • न्युज बहार संवाददाता

थप