Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

म्याग्दीमा पहिलोपटक भेटियो रेडपाण्डा

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, म्याग्दी । विश्वमै दुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) म्याग्दीमा पहिलोपटक भेटिएको छ। रेडपाण्डा म्याग्दी जिल्ला धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा भेटिएको हो । जलजलाको जङ्गलमा च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन्।

जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले दिएका हुन । यसअघि म्याग्दीमा दुर्लभ वन्यजन्तु रेडपाण्डा देखिएको थिएन ।

म्याग्दीको भूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आएका बद्री बरालले जानकारी दिएका छन ।

सुवास थापाले खिचेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको देख्न सकिन्छ । 

थप