साउन ७, काठमाडौँ । मधेस प्रदेशका आठ वटै जिल्लालाई मन्त्रिपरिषद् बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री रमेश लेखकको प्रस्तावमा उक्त निर्णय गरेको हो ।
उक्त
जिल्लाहरुमा पानीको अभाव भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश
गरिएको थियो । हिजो मंगलबार मधेस प्रदेश सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्न
संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका अनुसार मधेस
प्रदेश सरकारबाट पनि निर्णय भएर आइसकेको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी
सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न
आवश्यक भएको हो ।
यस
वर्ष मधेस प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाई
हुन सकेको र यस वर्ष सुख्खाका कारण उत्पादनमा ह्रास हुने अवस्था आएको छ । मनसुनमा
आधारित कृषि प्रणाली भएकोले कम वर्षा हुँदा अहिले मधेस प्रदेशको कृषी क्षेत्र
प्रभावित भएको छ ।
- न्युज बहार संवाददाता