चैत १०, काठमाडौँ । तरकारी बजारमा कुरिलोको मूल्य बृद्धी भएको छ ।
हिजो शनिबारदेखि
कुरिलोको मूल्य बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले
जनाएको छ ।
आज कालीमाटी
बजारमा कुरिलोको मूल्य प्रतिथोक मूल्य न्यूनतम ८ सयदेखि अधिकतम एक हजार रूपैयाँमा
कारोबार भइरहेको छ ।
गएको शुक्रबारको
तुलनामा यो मुल्य प्रतिकिलो तीन सय रूपैयाँ बढी हो।
बजारमा
कुरिलो आएको परिमाणको आधारमा मूल्य घटबढ हुने गरेको छ । धेरै कुरिलो आएको छ भने
मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ ।
आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ भइरहेको व्यवसायीहरुले जनाएका
छन ।
- न्युज बहार संवाददाता