असार १२, गोरखा। नेपालमा पुर्ण रुपमा मनसुन प्रवेश गरेसँगै लागेसँगै किसानहरूलाई अहिले खेत बारीमा काम गर्न चटारो परेको छ। अहिले किसानलाई धान रोप्नका लागि चटारो थपिएको छ भने देशको उच्च पहाडी भेगमा भने यतिबेला कोदो रोप्ने सिजन सुरु भएको छ।
अधिकांश ठाउँमा असारमा खेतमा धान रोपिसकेपछी पश्चात् पाखाबारीमा कोदो रोप्न सुरु गरिन्छ।
उत्तरी गोरखाको बारपाकका स्थानीयलाई यतिबेला भने कोदो रोप्न भ्याइनभ्याइ छ। अर्को पाखामा भने कोदो रोप्न मानिसहरू बारीभरि देखिन थालेका छन। यहाँको मौसम चिसो भएकाले खेती हुर्कन, फल्न र पाक्न धेरै समय लाग्छ त्यसैले बारपाकमा त आलोपालो गरेर मकै, कोदो लगाइने गरिन्छ।
स्थानीयले यसपटक कोदो रोपेको ठाउँमा अर्को पटक मकै रोप्ने र अहिले मकै रोपेको ठाउँमा अर्को पटक कोदो मात्र रोप्ने गरिएको छ।
- न्युज बहार संवाददाता