पुस २५, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित भएको रायोको सागमा
अत्यधिक मात्रामा विषादी भेटिएको खबर सार्वजनिक
भएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक
मात्रामा विषादी भेटिएको हो ।
भक्तपुरमा
उत्पादित रायोको साग कालिमाटी तरकारी बजारस्थित पसलमा बिक्रीका लागि राखीएको सागमा
चेक जाँच गर्दा कार्वामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाइएको छ । ५५.६१९६
प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा उक्त
सागमा भेटिएको हो ।
- न्युज बहार संवाददाता