भदौ १३, कैलाली
। कैलालीको टीकापुरमा केराबालीमा टिआर–४ (पानामा) रोग देखिएको छ। यो रोग देखिएपछी
रोगको प्रारम्भिक अध्ययन थालिएको छ । केराको नमूना परीक्षणमा पानामा रोगको
सङ्क्रमण देखापरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । यस पानामा रोगको अध्ययनका लागि राष्ट्रिय
बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन
सुरु गरिएको हो ।
टीकापुरमा
पुगेर राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर
खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले अध्ययन सुरु गरेको छ ।
प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि गर्नुपर्ने काम कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।
कार्यदलले माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव दिएको छ । बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले आग्रह गरेका छन।
- न्युज बहार संवाददाता