माघ १७, काठमाडौँ । केही दिन देखि स्थिर रहेको काउलीको मुल्य आज भने थोरै बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक असार आज
काउलीको मुल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
कालीमाटी बजारमा जम्मा ३ प्रकारका काउली आउने गरेको छ । तिनिहरु ज्यापु,
स्थानीय र तराई
जातका हुन। समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा ज्यापु काउलीको मूल्य आज पनि स्थिर
रहेको छ भने स्थानीय काउली र तराई काउलीको मूल्य केही बढेको छ ।
आज स्थानीय
काउली र तराई काउली प्रतिकिलो थोक मूल्य १० रूपैयाँ पुगेको छ । कालीमाटी बजारमा यो
अघिल्लो दिनको तुलनामा प्रतिकिलो २ रूपैयाँले बढी हो ।
सोमबारदेखि
हिजो बुधबार सम्म काउली ८ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो ।
अर्को तर्फ स्थानीय ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता