भदौं ९, सर्लाही । गृहिणीहरूले तरकारी र अचारको सूचीमा राख्ने गरेको पर्याप्त पोषणतत्व भएको निगुरोलाई स्वादिलो तरकारीको सुचीमा राखिन्छ । निगुरोको अचार देशमा नखाने विरलै मात्रामा । प्रायः गृहिणीले निगुरो पाइने याममा तरकारीका लागि बहुपयोगी वनस्पति किन्ने गरेका छन् ।
दैनिक
बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर सर्लाही जिल्लाको
बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार निगुरो
टिप्छिन् । उनले निगुरो राम्रो भेटिएको दिन एकैदिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको
बताउँछिन । यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुने गरेको छ
। उनका
अनुसार दिनको सात सयसम्मको निगुरो टिप्ने गरिन्छ ।
सिजनको
समयमा निगुरो टिपेरै सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले मनग्य
आम्दानी गरिरहेका छन् । यस क्षेत्रका स्थानीयले विगत १० वर्षदेखि चैतको तेस्रो
हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने
गरेका छन् ।
चिसो झाडीमा
उम्रिने यस बहुपयोगी निगुरोमा कुनै औषधि तथा विषादी प्रयोग गरिएको हुदैँन ।
त्यसैले यो लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक
अन्य कुनै लगानी लाग्दैन । यसरि बिना लगानी निगुरोको पोषण र स्वाद जस्तै आम्दानी पनि
लोभलाग्दो छ ।
- न्युज बहार संवाददाता