Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कोदो खेती र उत्पादन दुबै घट्दै

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

भदौं ११, इलाम । केही वर्षअघि सम्म साउन–भदौमा कोदो रोप्ने कामको चटरो हुन्थ्यो । यो समय कोदो रोप्न धमाधम सुरु हुने समय हो  । इलाम जिल्ला सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईका अनुसार, अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोप्न भ्याइनभ्याइ हुने गर्दथ्यो तर अहोले कोदो रोप्न छाडिएको छ।

अहिले मकरजुङका किसानले कोदोबाट भन्दा अलैँची, चिया, अकबरे खुर्सानी लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुन थालेपछी कोदो खेती गर्न छाडेका छन । माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काका अनुसार कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको हो । पैले–पैले गाउँभरि कोदो हुने स्थानमा अहिले कतै चिया त कतै अलैँची भरिएको उनले बताए । उनका अनुसार अहिले कोदोबाट नगद आम्दानी हुन छाडेको छ बरु किसान अकबरे खुर्सानीको व्यावसायिक खेती गर्छन् तर कोदो रोपेको कतै भटिँदैन।

जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । कृषि ज्ञान केन्द्र इलामका अनुसार “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले जनाएका छन । प्रमुख यादवले इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको तर,  कोदो उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको बताउँछन । 

  • न्युज बहार संवाददाता

थप