Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लम्पी स्किन रोग : केही हदसम्म नियन्त्रणमा

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । देशभर रहेका लम्पी स्किन संक्रमित चौपाया मध्ये ९४ प्रतिशत निको भइसकेका छन्। यस वर्ष १५ लाख ३६ हजार १८० चौपायामा लम्पी स्किन रोग देखिएको पशु विभागले जनाएको छ।

विभागले यीमध्ये १४ लाख ५३ हजार ४ सय ६४ चौपाया संक्रमणमुक्त भएको जनाएको हो ।

विभागका अनुसार चौपायाहरुलाई खोप लगाइनु र यस सम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी भएकै कारण लम्पी स्किन रोग न्यूनीकरण भएको हो । 

५ हजार ४ सय ४१ अर्थात् ४ दशमलव २६ प्रतिशत संक्रमित चौपायाको मृत्यु भएको विभागले जनाएको छ ।

अझै पनि देशभर लम्पी स्किन रोगले १७ हजार २ सय ७५ चौपायाहरुमा संक्रमित रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप