असार १४, काठमाडौँ । अहिले लम्पी स्किन रोग देशैभर फैलिएको छ। यसका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ।
लम्पी स्किन रोग पहिलो पटक २०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातामा आईपुग्दा सम्म ७६ जिल्लामा फैलिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको छ।
मन्त्रालयले हालसम्म देशभरमा ६ लाख ८२ हजार ८० पशुपंछी संक्रमित भएकामा ४ लाख ९ हजार १७५ पशु निको भएको र अझै २ लाख ४७ हजार ४९७ पशुमा संक्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालको भनाइ अनुसार पछिल्लो केही दिनदेखि संक्रमणदर केही घट्दै गएको छ ।
- न्युज बहार संवाददाता