Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘कालो सुन’ भनेर चिनिने अलैँची साँच्चै सुनजस्तै बहुमूल्य हुँदै

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, इलाम । इलामका किसानहरु अलैँचीको भाउ बढेपछि खुसी भएका छन् । अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री भएको छ । ‘कालो सुन’ भनेर पनि चिनिने अलैँचीको मुल्य बढेपछी किसान खुसी भएका हुन । सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोप्छु ।” 

ब्यवसायी जीवन पाण्डेका अनुसार गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको हो, गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ ।

अलैँचीको माग अहिले अन्तर्राष्ट्रिय बजारमा पनि बढेको छ । उनले किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको बताएका छन । अहिले रोगले मासिँदै गएको अलैँचीलाई किसानले आधुनिक खेती प्रणाली अपनाएर पुरानै अवस्थामा पुर्याउने प्रयास जारी राखेका छन ।

इलामका किसानले आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि आम्दानी बढाउन थालेका हुन् । प्रायः परम्परागत प्रविधिबाट किसानले खेती गरिरहेकाले पनि अलैँची मासिन थालेको थियो । अलैँचीका लागी मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकिरहेको थिएन । किसानका अनुसार अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको बताएका छन ।

यस वर्ष जिल्लामा एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । कृषि ज्ञान केन्द्र इलामका तथ्याङ्क अनुसार एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको हो ।

  • न्युज बहार संवाददाता

थप