Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बढ्दो कृषि यान्त्रिकीकरणले हलगोरु पाल्ने चलन हाराउँदै।

  •   ३ वर्ष अघि | १९ असार २०८०, मङ्लबार

असार १९, पाल्पा । पहिले पहिले असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । प्राय सबैको घरमा हलगोरु हुने गर्थ्यो। गाउँमा असार लाग्न थालेपछि पालैपालो गोरुले खेत जोत्ने हिलो गर्ने र धान रोप्ने चलन थियो। अहिले भने अल गोरु नारेर रोपाई गर्ने चलन प्राय हराइसकेको छ भन्दा फरक नपर्ला।

कृषीमा आधुनिकताले अहिले हलगोरुको ठाउँ ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलरले लिएको छ।  अहिले ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रुपमा गोरुको प्रयोग रहेता पनि पाल्पा लगायत अन्य धेरै जसो स्थानमा किसानले प्रविधिको प्रयोग गर्न थालेको पाइएको छ ।

पाल्पा रामपुरका धनराज श्रेष्ठ  भन्छन ‘हलगोरुको ठाउँमा विभिन्न मेसिनरी प्रविधिको प्रयोगमा आएपछि असार लागे पनि विगतका वर्षमा जस्तो पछिल्ला वर्षमा चटारो हुन छोडेको छ, उनले भने ‘बिहान सबेरै खाना खाएर रात नपरुन्जेलसम्म खेतमा जोतेर राति अबेर मात्रै घर फर्कने गरिन्थ्यो, पालोअनुसार गाउँमा सबैका खेतमा पुगेर गोरुले हिलो गरेर धान रोपिन्थ्यो, यसरी धान रोप्दा छुट्टै आनन्द लाग्थ्यो भने हामीलाई खेत जोतेर असारमा राम्रै कमाई गर्ने माध्यम पनि बन्थ्यो।’

उनलाई ट्र्याक्टर गाउँमा नभित्रिँदासम्म बर्खायाम सुरु भएपछि खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने श्रेष्ठका दिन मध्य असारमा पनि फुर्सदिला बनेका छन् ।

प्रविधिको बढ्दो प्रयोगले गाउँघरमा गोरुपालन गर्ने चलन हटेको छ। परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि गोरुपालन गर्न किसानले छाडेका बताउँछन ।

  • न्युज बहार संवाददाता

थप