Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

व्यावसायिक तरकारी खेतीले आयआर्जनमा बृद्धि

  •   २ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, कञ्चनपुर । कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन् ।

उनले निकुञ्जबाट विस्थापित हुँदा दश कट्ठा जग्गा पाएका थिए । पाँच दाजु-भाइलाई दश कट्ठा जग्गा बाँड्दा दुई कट्ठा उनको भाउमा आएको थियो । उनले सोही दुई कट्ठा जमिनमा खेती किसानी गरेर जीविका चलाउँदै आएका उनले अहिले व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीले ११ कट्ठा जग्गा जोड्न सफल भएका छन ।

उनले विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरिहेका छन भने आफुले वार्षिक रु नौ लाख सम्म बचत गर्ने गरेको उनी बताउँछन ।  उनले भने मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।उनका अनुसार उनले उत्पादन गरेको तरकारी महेन्द्रनगर, धनगढी, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा बिक्री हुने गरेको छ ।

कञ्चनपुरमा पछिल्ला केही वर्षयता चौधरीजस्तै व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको पाइएको छ । पुस्तौँदेखि उनीहरुले खेती र पशुपालनबाट जीविका चलाउँदै आएकोमा नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको किसानहरु बताउँछन।

  • न्युज बहार संवाददाता

थप