Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हिमाली भेगमा याक र चौँरीलाई घाँसको जोहो गर्ने चटारो

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको हिमाली बस्तीका बासिन्दालाई याक र चौँरीलाई  खुराक (घाँस) को जोहो गर्ने यतिबेला चटारो लागेको छ । उनीहरु हिउँदमा हिमपात हुने हुँदा चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न अहिले व्यस्त भएका हुन् ।

फक्ताङलुङ गाउँपालिकाका अनुसार ओलाङचुगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेका छन । यसका लागी एक ठाउँमा चौँरी याक पालक परिवार सबै मिलेर घाँस संरक्षण गरेका हुन्छन। त्यस्ता क्षेत्रमा कसैले पनि चनर गर्न पाउँदैन। संरक्षण गरिएपछी हुर्र्कीएका घाँसलाई सोही दिन सबै परिवार मिलेर घाँस काट्ने गरिन्छ ।

घाँस सङ्कलन गर्ने (काट्ने) र घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने कार्य सबै पशुपालक परिवार मिलेर गर्दछन ।

स्थानीयका अनुसार यसरी घर–गोठमा राम्ररी सुकाएर भण्डारण गरिएको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप