Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१ अर्ब ४३ करोड ८९ लाख रुपैयाँको दुग्धजन्य पदार्थ आयात

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । ६ महिनाको अवधिमा नेपालले झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

नेपालबाट सोही अवधिमा केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्ध जन्य पदार्थ ६ महिनाको अवधिमा निर्यात भएको विभागले जनाएको छ ।

नेपालले दुग्धजन्य पदार्थमा १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ भने सरकारले ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

  • न्युज बहार संवाददाता

थप