फागुन १७, इलाम । इलाम
नगरपालिकाले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री सहयोग सहित वितरण गरेको छ।
वडामा रहेका एक सय १० किसानलाई कृषि व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले
कृषि सामग्री वितरण गरिएको इलाम नगरपालिकाले जानकारी दिएको छ ।
वडाध्यक्ष
दिलीप प्रधानले इलाम नगरपालिकाको कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत
७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको जानकारी दिएका छन । किसानहरुलाई ३५ थान
जाली नेट, २२ थान
घाँस काट्ने मेसिन, दुई हजार
एक सय मिटर प्लाष्टिकको पाइप र ४० थान टनेल प्लाष्टिक वितरण गरिएको हो । यस्तै
सोही कार्यक्रम अन्तरगत गोठ सुधारअन्तर्गत २८ किसानहरुलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडाध्यक्ष
प्रधानले वडा कार्यालयको रु १० लाख र किसानको रु तीन लाख ९८ हजारको लागत साझेदारीमा
कृषि सामग्री वितरण गरिएको बताए छन।
इलाम नगरपालिकाका प्रमुख केदार
थापाले किसानलाई सो सामग्री हस्तान्तरण गरेका छन । उनले व्यावसायिक किसानलाई
प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको पनि बताएका छन । थापाले कृषि
क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने उल्लेख गर्दै आगामी वर्ष पनि
नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने बताएका छन । उनले
भने “किसानका
समस्या पहिचान गरी आगामी वर्ष थप कार्यक्रम ल्याउने योजना बनाएका छौँ।”
- न्युज बहार संवाददाता