Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘मह’ राम्रो आम्दानीको स्रोत बन्दै

  •   २ वर्ष अघि | २८ जेष्ठ २०८१, सोमवार

जेठ २८, भोजपुर । मह अहिले भोजपुर जिल्लाको नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यो गाउँमा एक वर्षमा व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट रु एक करोड २० लाख बढी भित्रिएको छ ।

व्यावसायिक रूपमा मौरीपालन गरिरहेका टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन गर्ने गरेका छन ।  

स्थानीय मौरीपालक किसान सारुहाङ राईका अनुसार अहिले स्थानियका लागि मह आम्दानीको राम्रो स्रोत बनेको छ ।

उनले आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म मह उत्पादन हुने गरेको बताएका छन । उनका अनुसार एक वर्षमा मौरीबाट दुईदेखि तीन पटकसम्म मह काढ्न सकिन्छ । उक्त मह स्थानीय बजारमा प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप